Nepal's No. 1 Digital Newspaper

महानायक हमालका छैनन् मनपर्ने अभिनेत्री र निर्देशक

करीब २ वर्ष अगाडि प्रदर्शनमा आएका दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’ बक्सअफिसमा असफल भएपछि अभिनेता राजेश हमालले अभिनयबाट दूरी बनाएका छन् । फिल्मबाट बाक्लै अफर आइरहे पनि उनले कुनै प्रोजेक्टमा हात हालेका छैनन् । समय अभावका कारण उनले स्क्रिप्ट चित्त बुझेर पनि फिल्म ‘प्रेमगीत ३’ छाडे । 

 अब केही फरक फिल्मबाट कमब्याक गर्ने उनको तयारी छ । ‘महानायक’ को उपमा पाएका हमालले आफ्नो जमानामा ३ सय बढी फिल्ममा अभिनय गरेका छन् । एक समय उनलाई फिल्ममा लिएपछि निर्माताको लगानी सुरक्षित हुने पक्का जस्तै हुन्थ्यो । दर्शकहरु पनि उनका हरेक फिल्मको प्रतिक्षामा हुन्थे ।  तर, अहिले समयले कोल्टे फेरेको छ ।

Order Now: 98510-87891

कुनै जमाना हमालका फिल्मको प्रतिक्षा गर्ने दर्शक अहिले अनमोल केसी, प्रदीप खड्का जस्ता नयाँ छिमलका अभिनेताको फिल्म कुरेर बस्ने गरेका छन् । यद्यपि, नेपाली फिल्ममा आफ्नो करियर बनाउन चाहनेका लागि हमाल ‘आइकन’ हुन् । चलचित्रकर्मीहरु मात्र नभएर अझै पनि बच्चादेखि वृद्धसम्मका ‘फेभरेट’ अभिनेता हुन्, उनी ।  

 उनका फिल्म नहेरेका व्यक्ति नेपाली समाजमा भेट्न असम्भव छ । ड्यासिङ पर्सनालिटी, लामो कपाल, अग्लो कद र बोल्ड भ्वाइसले हमालले नेपाली फिल्ममा आफ्नो छुट्टै छाप बनाएका छन् । तर, हमालका भने कोही पनि ‘फेभरेट’ नेपाली अभिनेत्री र निर्देशक छैनन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।  एक टेलिभिजन कार्यक्रममा उनले आफ्नो मनपर्ने कुनै अभिनेत्री र निर्देशक नभएको बताए । तर, उनलाई आफूले अभिनय गरेका फिल्ममध्ये चाहिँ तुलसी घिमिरे निर्देशित फिल्म ‘देउता’ मनपर्दो रहेछ ।

उनी भन्छन्, ‘तीन दशक लामो फिल्म करिअरमा थुप्रै फिल्म गरेँ । त्यसमध्ये ‘देउता’ मनपर्छ । तर, मनपर्ने अभिनेत्री र निर्देशक चाहिँ कोही हुनुहुन्न ।’ चाँडै टेलिभिजन शो ‘को बन्छ करोडपति ?’ मा व्यस्त हुन लागेका उनी अहिले अमेरिकामा भ्रमणमा छन् । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । उक्त कार्यक्रममा उनलाई ‘महानायक’ को उपाधिबाट सम्मान गरिएको थियो । उनले फिल्म निर्देशन गर्ने चर्चा चलेको पनि धेरै भैसक्यो । तर, अहिलेसम्म कुनै सुरसार देखिएको छैन ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.