Nepal's No. 1 Digital Newspaper

१३ औं साग : गोपी चन्द पार्कीले पुरुष पाँच हजार मिटर दौडमा जिते स्वर्ण

नेपालका गोपिचन्द्र पार्कीले १३ औ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । एथलेटिक्सको चौथो दिन शुक्रबार भएको ८ स्पर्धाको फाइनलमा नेपालले जितेको त्यो नै एक मात्र स्वर्ण रह्यो भने सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्य पदक जिते । श्रीलंकाले महिला र पुरुष ४ गुणा सय रिले तथा महिला ५ हजार मिटर गरि तीन स्वर्ण जित्दा पाकिस्तान र भारतले समान २ स्वर्ण जिते ।

५ हजार मिटर पुरुषमा स्वर्ण जित्ने क्रममा गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेण्डमा पूरा गरे । रजत विजेता भारतका सुनिलदबार र कास्य विजेता नेपालका हरीले निर्धारित दुरी पूरा गर्न क्रमश १४ मिनेट ५५.२१ र १४मिनेट ५८.५७ सेकेण्ड खर्चिए ।

Order Now: 98510-87891

योसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ।

इता महिला ५ हजार मिटरमा श्रीलंकाकी उडा कुबुरालेजले निर्धारित दुरी १६ मिनेट ५५.१८ सकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतकी पारुल चौधरी र प्रिती लाम्बाले निर्धारित दुरी क्रमश १६ मिनेट ५७.४९ सेकेण्ड र १७ मिनेट ९.३२ सेकेण्डमा पूरा गर्दैै रजत र कास्य पदक जिते ।१० हजार मिटरमा नेपाललाई स्वर्ण दिलाएकी सन्तोषीश्रेष्ठले ५ हजार मिटरमा भने चौथौ स्थानमा चित्त बुझाइन् । सन्तोषीले निर्धारित दुरी पूरा गर्न १७ मिनेट १३.६८ सकेण्ड खर्चिइन् । सोही विधामा नेपालकी विश्वरुपा बुढा मगरले भने अस्वस्थताका कारण सहभागी भैइनन् ।

महिला ४ सय मिटर हर्डल्समा पाकिस्तानकी नजमा प्रभिनले स्वर्ण जित्दा श्रीलंकाकी कौसल्या मधुले रजत र भारतकी वीरपलकौरले कास्य जितिन् । नजमाले निर्धारित दुरी १ मिनेट ३५ मिलि सेकेण्डमा पूरा गर्दा मधु र कौरले क्रमश १ मिनेट ४० मिलि सेकेण्ड र १ मिनेट १.३८ सेकेण्डमा दौड पूरा गरे । नेपालकी कल्पाना श्रेष्ठले १ मिनेट ११.९८ सेकेण्डमा पूरा गर्दै छैटांै स्थानमा रहिन् ।

पुरुष ४ सय मिटर हर्डल्समा पाकिस्तानका मेहबुब अलीले निर्धारित दुरी ५०.७१ मिलि सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते ।भारतकाजाबिर मार्दी र सन्तोष कुमारले क्रमश रजत र कास्य जिते । जाबिरले ५१.४२ मिलि सेकेण्डमा दौड पूरा गर्दा सन्तोषले ५१.९८ मिलि सेकेण्ड खर्चिए । नेपालका रामप्रसाद थारुले ५४.९५ मिलि सेकेण्ड र निर प्रतापले ५५.७१ मिलिसेकेण्ड खर्चदै क्रमश छैठौ र सातौ सथानमा रहे ।

यता महिला र पुरुष सटपुट दुवै विधाको स्वर्ण भारतको नाममा रह्यो । महिलातर्फ भारतकी आभा खातुवाले १५.३२ मिटर थ्रोका साथ स्वर्ण जित्दा श्रीलंकाकी थारिकाकुमुदुमले १४.३५ मिटर थ्रोका साथ रजत र भारतकी कचनार चौधरीले १३.६६ मिटर थ्रोका साथ कास्य जितिन् । नेपालकी चन्द्रकला थापाले आफ्नै नाममा रहेको १२.४ मिटरमा सुधार गर्दै १२.५२ मिटर थ्रोको नयाँ राष्ट्रिय कीर्तिमान रचिन् ।

सटपुट पुरुषतर्फ भारतका तेजेन्दर पलले २०.०३ मिटर थ्रोका साथ स्वर्ण जित्दा भारतकै ओमप्रकाश सिंहले १७.३१ मिटर थ्रोका साथ रजत श्रीलंकाका स्मिथ मधुशंखले १५.५५ मिटर थ्रोका साथ कास्य जिते । नेपालका टंक प्रसाद र चित्रबहादुरले क्रमश १३.०९ र १२.३२ मिटर थ्रो गरे ।

पुरुष ४ गुणा सयमा श्रीलंकाको हिमासाइसान, विनोज सुरञ्जन, चानुका सन्दिप र युपुनप्रियादर्शनको टोलीले निर्धारित दुरी ३९.१४ मिलिसेकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा भारतका हारजित सिंह, प्रणव कालापुर अमियाकुमार मल र गरविन्दर सिंहको टोलीले निर्धारित दुरी ३९.९७ मिलिसेकेण्डमा पुरा गर्दै रजत र पाकिस्तानका समीउल्लाह, उजिर रहमान, मोहम्मद साहबा र मोहम्मदनाइमको टोलीले निर्धारित दुरी ४०.७६ मिलिसेकेण्डमा पुरा गर्दै कास्य जित्यो । सो विधामा नेपालका आशिष चौधरी,आनन्द देव चौधरी,जीवन चौधरी र यम साजन सुनारको टोलीले निर्धारित दुरी ४२.७२ मिलिसेकेण्डमा पुरा गरे ।

महिला ४ गुणा सयमा श्रीलंकाकी लंक्षिणा सारंग, सन्दिपा हिरान्या,लक्षिणा सौगन्ध र तानुजी अमासाको टोलीले निर्धारित दुरी ४४.८९ मिलिसेकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा भारतकी हिमाश्री रोय, अर्चना सुसनित, चन्द्रलेखान र धनेश्वरी आसोको टोलीले निर्धारित दुरी ३५.३६ मिलिसेकेण्डमा पुरा गर्दै रजत रपाकिस्तानको साइबअर्सा, एनिलागुल्जार, नज्माप्रविन र इसा इमरानको टोलीले निर्धारित दुरी ४७.७४ मिलिसेकेण्डमा पुरा गर्दै कास्य जित्यो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.