Nepal's No. 1 Digital Newspaper

१३ औं साग: नेपालद्वारा भुटान पराजित

काठमाडौँ, १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनायो।

Order Now: 98510-87891

भुटानका रन्जुङ मिक्यो दोर्जेले सर्वाधिक २७ रन बनाए। नेपालका पारस खड्काले २ विकेट लिए।
यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए। कमजोर मानिएको भुटानसामू उच्च स्कोर खडा गर्ने क्रममा कप्तान मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए।
टि-२० मा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रा खेलाडी हुन्। यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए।

पारस खड्काले २८ बलमा ९ चौका र १ छक्काको मद्दतले ५७ रन बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए।
नेपालले टी-२० मा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालले
भुटानका कर्मा दोर्जीले २ विकेट लिए।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.