Nepal's No. 1 Digital Newspaper

मंसिर २१ गते लगनगाँठो कस्दै ऋचा

 अभिनयमा पारंगत मानिने अभिनेत्री ऋचा शर्माले आउँदो शनिबार घरजम बसाउने भएकी छन् । राजधानीमा रहेको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग उनले मंसिर २१ गते लगनगाँठो कस्न लागेकी हुन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् विवाहको मिति घोषणा गरेकी हुन् । २ वर्ष लामो प्रेम सम्बन्धलाई ऋचाले विवाहमा परिणत गर्न लागेकी हुन् ।

  दिपेक्क्षसँग अभिनेत्री ऋचा प्रेम सम्बन्धमा रहेको कुरा गएको बैशाखमा नै खुलेको थियो । उनीहरुले २०१९ को नयाँ वर्ष पोखरामा सँगै मनाएका थिए । तर, ऋचाले लामो समय प्रेम सम्बन्ध लुकाएर राखिन् । केही महिनायता भने उनले आफू प्रेम सम्बन्धमा रहेको र यसै वर्ष विवाह गर्ने जानकारी दिँदै आएकी थिइन् । अहिले उनी विवाहका लागि किनमेलमा व्यस्त रहेको जानकारी प्राप्त छ । 

Order Now: 98510-87891

 हरेक भूमिकामा जीवन्त अभिनय गर्न सक्ने ऋचा आजभोली आफू निर्णायकको रुपमा रहेको कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् । यसको उनले ६ भागको छायांकन सकिसकेकी छन् । त्यस्तै, हालै उनले फिल्म ‘हिजो आजका कुरा’ को छायांकन पनि सकेकी छन् । विवाहको तयारी गर्नुपर्ने भएकाले निर्माण टिमले उनको पार्टको छायांकन सबैभन्दा अगाडि भ्याएको हो ।

  अभिनेत्री ऋचा विवाहपछि एक महिना पारिवारिक भेटघाट र घुमफिरमा व्यस्त हुने तयारीमा छिन् । त्यसपछि मात्र उनी आफ्नो नियमित काममा फर्किने बताइएको छ । गएको कात्तिकमा उनले आफ्ना केही नजिकका साथीलाई पोखरामा ब्याचलर पार्टी दिएकी थिइन् । उनको ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत सहभागी थिए । 

ऋचाको हुनेवाला श्रीमानलाई नजिकबाट चिन्नुहोस्

 यही शनिबार अभिनेत्री ऋचालाई घर भित्राउन लागेका दिपेक्क्ष ललितपुरमा रहेको लबिम मलमा तीन वर्षदेखि म्यानेजरको रुपमा कार्यरत छ ।

सिंगापुरको होटल एन्ड टुरिजम एजुकेशन सेन्टरबाट सन् २००५ मा होटल म्यानेजमेन्टमा डिप्लोमा गरेका उनले जोनसन एन्ड वेल्स यूनिभर्सिटीबाट सन् २०१० मा विजनेश एड्मिनिस्ट्रेसन फाइनान्स एन्ड मार्केटिङमा मास्टर डिग्री गरेका थिए ।  सन् २००७ मा उच्च शिक्षाका लागि आइसल्याण्ड पुगेका दिपेक्क्षले होटल म्यानेजमेन्ट र इभेन्ट म्यानेजमेन्टको रुपमा करीब १४ वर्ष काम गरिसकेका छन् ।

लबिम हलमा म्यानेजरको रुपमा आउनुअघि उनी दुई वर्ष होटल अन्नपूर्णको फुड एन्ड वेभरेज डिरेक्टर थिए । त्यसअघि उनले आइल्याण्डको स्टेट अल्ट्रा लाउन्जमा जनरल म्यानेजर भएर साढे तीन वर्ष विताएका थिए । 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.