एकै दिनमा ८००ले बढ्यो सुनको मूल्य
काठमाडौँ । बुधबार सुनको मूल्य रु ८०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७२ हजार २०० मा कारोबार भएको छ ।
मंगलबार छापावाल सुन तोलामा ७१ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ७१ हजार ९०० मा कारोबार भएको छ ।
यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु १५ बढेर ८६५ मा कारोबार भएको छ ।