Nepal's No. 1 Digital Newspaper

अक्षय भन्छन्, ‘ठूला निर्देशक मलाई फिल्ममा लिँदैनन्’

निकै प्रोमिसिङ अभिनेता हुन्, अक्षय कुमार । उनी आफ्नो फिल्मका लागि कडा मेहनत गर्छन् । त्यो पर्दामा पनि देखिन्छ । उनले प्रायः नयाँ निर्देशनसँग काम गर्ने गरेका छन् । उनले यसको कारण खुलाएका छन् । प्रदर्शनको पखाईमा रहेको फिल्म ‘गुड न्यूज’ को एक कार्यक्रममा उनले भने, ‘ठूला निर्देशक मलाई आफ्नो फिल्ममा लिँदैनन् । त्यसैले नयाँ निर्देशकसँग काम गर्छु ।’ \

 उनले अगाडि भनेका छन्, ‘जब ठूला मान्छे तपाईंलाई लिन हिचकिचाउँछन् तब आफ्नो यात्रा आफैं सुरु गर्नुपर्छ । जब ठूलो पब्लिकेशनमा तपाईंको जागिर हुँदैन तब तपाईं सानोतिनो पब्लिकेशनको तर्फ जानुहुन्छ । त्यहाँबाट तपाईंले छलाङ मार्नुहुन्छ । किन मान्छेले मलाई राखिरहेका छैनन् भन्ने सोचेर तपाईं घरमा खाली बस्न सक्नुहुन्न, जबकि तपाईं एकदम सक्षम हुनुहुन्छ ।’  एक समय ठूला निर्देशक खानसँग मात्र काम गर्दथे ।

Order Now: 98510-87891

यस विषयमा अक्षय भन्छन्, ‘ठूला निर्देशक उनीहरुसँग जान्छन्, जो डिजर्भ गर्छन् । तपाईंहरु देख्न सक्नुहुन्छ कि केवल खान मात्र होइन, कपूर्स एण्ड अरु पनि व्यक्ति छन् । मैले सोचेँ कि म डिजर्भ गर्दिनँ, त्यसैले मैले आफ्नो तरिकाबाट काम सुरु गरेँ ।

’ उनले अहिले पनि आफूसँग ठूला निर्देशक काम गर्न नचाहने बताउँछन् ।  ‘अहिले पनि कुनै ठूला निर्देशक मसँग काम गर्न तयार छैनन् । उनीहरु मसँग फिल्म बनाउन तयार छन् तर मेरो फिल्म निर्देशन गर्दैनन् । तपाईंहरुले करण जोहर, आदित्य चोपडासँग यस विषयमा सोध्नुहोला,’ उनले ठट्यौली शैलीमा भने । राज मेहता

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.