१३ औं साग : उसु खेलका क्रममा विवाद, थाइचीमा रेफ्रीमाथि धाँधलीको आरोप, मञ्चमै ‘धर्ना’
काठमाडौँ , १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत उसु खेलका क्रममा विवाद भएको छ । खेल अन्तर्गत उसुको थाउलु तर्फको थाइची छ्वान अलराउण्ड प्रतियोगितमा अंक दिन निर्णायकहरुले विभेद गरेकोभन्दै भारतीय र नेपाली टोलीले विरोध गरेका छन् ।
नेपाली सेनाको लगनखेलस्थित शारिरक तथा खेलकुद तालिम केन्द्रमा भएको थाइचीमा भारतीय टोलीका सदस्यहरु रेफ्रीहरुले दिएको अंकमा चित्त नबुझेकोभन्दै त्यसको विरोधमा म्याटमा नै बसिदिएका छन्। भारतीय र नेपाली पक्षले विरोध जनाएसँगै उसुका खेलहरु केहीबेर देखि रोकिउका छन्।

थाइचीतर्फ श्रीलंकाका खेलाडीले बिगारेपनि सोही खेलाडीलाई बढी अंक दिएर जिताएको दाबी भारत र नेपालको छ। श्रीलंकाका खेलाडीलाई तारिदु नमल अनुराथालाई रेफ्रीहरुले १८.९ अंक दिएका छन् भने भारतीय खेलाडी ज्ञानदास सिंह १८.७९ अंक दिएका छन्। यस्तै नेपाद्यी खेलाडी हरीप्रसाद गोलेले १८.४९ अंक प्राप्त गरेका छन्।
त्यसक्रममा दर्शकहरूले मैदानमा बोतल फालेपछि खेल रोकिएको छ ।
अहिले प्रहरीले ग्राउण्ड क्लियर गरेको छ ।