Nepal's No. 1 Digital Newspaper

जनकपुरमा १०८ जोडीको सामूहिक विवाह

धनुषा, “बेटी पढाउ, बेटी बचाउ” विश्व हिन्दु परिषद् र ऐतिहासिक मणिमण्डप संरक्षण समितिको संयुक्त आयोजनामा जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न भएको छ । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा जनकपुरको मणिमण्डपमा सोमबार राति सामूहिक विवाह भएको हो । मुख्यमन्त्री लालबाबु राउतले यस्ता सामूहिक आदर्श विवाहले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।

नवविवाहित जोडीलाई सम्मान पत्र प्रदान गर्दै समाजमा नयाँ शोचको विकास हुने र प्रदेशको कुनै पनि स्थानमा हुने यस्ता आदर्श सामूहिक विवाह कार्यक्रममा प्रदेश सरकार खुलेर सहयोग गर्ने समेत बताए ।

Order Now: 98510-87891

नवविवाहित जोडीको आमा बुवाको राउतले प्रशंसा गर्दै सामूहिक विवाहले समाजको अभिशापको रुपमा रहेको दहेज प्रथा अन्त गर्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.