Nepal's No. 1 Digital Newspaper

१३ औं साग : पोखरामा पनि गरियो सागको उद्घाटन

१० लाखको आतिजबाजी गरियो, राष्ट्रिय गान बिर्सियो

पोखरा, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतका खेल आइतबारदेखि नै भएपछि पोखरामा सोमबार औपचारिक शुभारम्भ गरिएको छ । स्थानीय सहजीकरण तथा व्यवस्थापन समितिले पोखरा रंगशालामा सोमबार साँझ भव्य समारोह आयोजना गरेको हो ।

Order Now: 98510-87891

राष्ट्रिय झन्डा ट्रायथोलन खेलाडी सोनी गुरुङले बोकेकी थिइन् । पोखरामा सुरु भएका खेलमध्ये सोमबार बिहान लेकसाइडमा भएको ट्रायथोलन खेलमा पोखराबाट पहिलो स्वर्ण विजेता भएको हैसियतले उनलाई झन्डा बोक्न दिइएको हो ।

उद्घाटन समारोहमा झाँकी प्रदर्शन गर्न विभिन्न विद्यार्थी तथा कलाकर्मी बिहानै रंगशालामा उपस्थित थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समारोहको उद्घाटन गरे । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, प्रदेशका मन्त्री, सभामुख तथा सांसद उपस्थित थिए । तर, उद्घाटन समारोह ढिलाइ भएपछि रंगशाला आएका अधिकांश दर्शक त्यत्तिकै फर्किन बाध्य भए ।

पोखराका विभिन्न सामाजिक संघसंस्था, विद्यालयले जातीय भेषभुषा, रहनसहन, संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए । गीत तथा नृत्यले समारोहलाई मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रममा आतसवाजी समेत गरिएको थियो । हट एयर बेलुनबाट पुष्पवृष्टिको प्रयास गरिएपनि सफल हुन सकेन ।

सागअन्तर्गत पोखरामा ८ खेल भइरहेका छन् । पोखरा रंगशालाभित्र महिला फुटबल, महिला क्रिकेट, ह्यान्डबल, ब्याडमिन्टन र आर्चरी भइरहेका छन् । लेकसाइडमा ट्रायथलन र बिच भलिबल, माटेपानीको केसी क्याटरिङमा भारोत्तोलन हुनेछन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.