Nepal's No. 1 Digital Newspaper

१३ औं साग : दोस्रो स्वर्ण कराँतेबाट कातामा नेपाली टिम विजयी

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपाली टिमले स्वर्ण दिलाएका छन्। नेपाली टिममा निर्मला तामाङ, संगिता मगर र सरु कार्की थिए।

योसँगै आयोजक नेपालले स्वर्ण संख्या ३ पुगेको छ। सोमबार भएको प्रतिस्पर्धामा नेपालले पाकिस्तानी टिमलाई पराजित गरेको हो। फाइनलमा नेपालले २४.८१ अंक ल्यायो भने पाकिस्तानले २३.३ ल्याएको थियो।  

Order Now: 98510-87891

त्यसअघि समूह चरणमा नेपाली टिमले २४.७४ अंक ल्याएर फाइनलमा स्थान बनाएको थियो। पाकिस्तानी टिमले २५.१४ अंकका साथ स्वर्णका लागि भेट पक्का गरेको थियो। यसअघि पुरुष व्यक्तिगत कातामा नेपाललाई मण्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका थिए।

चञ्चला दनुवारले पनि व्यक्तिगत कातामा नेपाललाई रजत दिलाएका थिइन्। चञ्चला पकिस्तानका सायदासँग पराजित हुँदा स्वर्णबाट चुकिन्।

सोमबार कराँतेमा व्यक्तिगत र टिम काता गरी चार स्वर्ण र फाइटका ५ स्वर्णमा प्रतिस्पर्धा हुँदैछ। बुधबारसम्म चल्ने कराँतेमा कुल १९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.