Nepal's No. 1 Digital Newspaper

नेपाल आइन् ‘रेस ३’ अभिनेत्री डेजी

 पछिल्लो समय नेपालमा बलिउड सेलिब्रेटीको आगमन निकै बढेको छ । केही हप्ता अगाडि मात्र अभिनेता गोविन्दा नेपाल आएका थिए । उनीभन्दा अगाडि अभिनेता सुनिल शेट्टी, आमिर खान, अक्षय कुमार, अभिनेत्री करिश्मा कपूर, कमेडियन कपिल शर्मालगायतका थुप्रै बलिउड सेलिब्रेटीले नेपाल भ्रमण गरिसकेका छन् ।

यसबीच, अभिनेत्री डेजी शाह पनि नेपाल आएकी छन् ।  सलमान खान स्टारर फिल्म ‘जय होस्’ बाट अभिनयमा डेब्यू गरेकी उनी भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टको निमन्त्रणामा शनिबार नेपाल ओर्लिएकी हुन् । उनले शनिबार साँझ त्यहाँ आफ्नो प्रस्तुती दिएकी छन् । ‘सेलिब्रेटी नाइट्स’ कार्यक्रममा उनले आफूले अभिनय गरेका फिल्मका गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । डेजी आइतबार स्वदेश फर्किने बताइएको छ । 

Order Now: 98510-87891

फिल्म ‘हेट स्टोरी ३’ मा बोल्ड सिन दिएर चर्चामा आएकी उनी पछिल्लो पटक फिल्म ‘रेस ३’ मा देखिएकी थिइन् । पहिलो पटक नेपाल आएकी डेजीले नेपाल भ्रमणबारे सामाजिक सञ्जालमा भने कुनै जानकारी दिएकी छैनन् । टाइगर प्यालेस रिसोर्टको निमन्त्रणामा यसअघि बलिउड अभिनेत्रीहरु उवर्षी रौतेला, प्राची देसाई, अमिसा पटेललाई पनि नेपाल आइसकेका छन् । 

 ठूलो लगानीमा खुलेको टाइगर प्यालेस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बलिउड सेलिब्रेटीलाई झिकाएर महिनैपिच्छे सांगीतिक कार्यक्रम आयोजना गर्ने गरेको छ । आफ्नो प्रस्तुती दिन भारतबाट आउने कलाकारलाई उक्त रिसोर्टले लुम्बिनीका विभिन्न स्थानको समेत भम्रण गराउने गरेको छ । यो रिसोर्टमा अभिनेता राजेश हमाल समेत पुगिसकेका छन् । 


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.