Nepal's No. 1 Digital Newspaper

आज १३ औं साग : सात देशका साढे ६ हजारको सहभागिता हुने

दक्षिण एसियाली खेलकुद(साग) आज औपचारिक रूपमासुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष तयारी गरिएको छ ।

दक्षिण एसियाका नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतियोगितामा सहभागीता जनाएका छन् । २४ मंसिरसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक गरी ६ हजार ५०० ले सहभागिता जनाउँदै  छन् ।

Order Now: 98510-87891

त्यसमध्ये ३ हजार खेलाडी, १ हजार अफिसियल, २ हजार २७० रेफ्री, जज र जुरी रहनेछन् । २८ खेलमा ३१६ स्वर्णसहित १ हजार १११ पदकका लागि प्रतिस्पर्धा हुने सागमा नेपालबाट ६९४ खेलाडी दर्ता गरिएको छ ।

उद्घाटनमा के हुन्छ ? 

उद्घाटन समारोहमा नेपाली कला–संस्कृति झल्कने झाँकी प्रस्तुत हुँदैछ । सशस्त्र प्रहरीका हजारभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन् । कलाकारले सातै देशका खेलाडी र पदाधिकारीलाई गीत र नृत्यमार्फत स्वागत गरिँदै छ । हरेक देशका खेलाडी र पदाधिकारी आ–आफ्नो झन्डासहित मार्चमा सहभागी हुँदैछन् । सो समारोहलाई भव्य बनाउन अतीसबाजी पनि गरिनेछ ।

आठ खेल पोखरामा

यस प्रतियोगितामा प्रतिस्पर्धा हुने २८ मध्ये आठ खेल पोखरामा हुनेछ । कुस्ती प्रतियोगिता जनकपुरमा हुनेछ । बाँकी खेल काठमाडौं र ललितपुरमा हुने आयोजकले जनाएको छ । उद्घाटन काठमाडौंको त्रिपुरेश्वरस्थित रंगशालामा हुने भएपनि पोखरा रंगशालामा सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ । 

साढे १९ हजार सुरक्षाकर्मी परिचालन 

साग प्रतियोगिताभर साढे १९ हजार सुरक्षाकर्मी खटाइएको छ । पोखरा र जनकपुरमा प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र अनुसन्धानका कर्मचारी सुरक्षामा खटिनेछन् । 

नेपाल आउने खेलाडीका लागि काठमाडौंका विभिन्नस्तरका ५० भन्दा बढी होटल बुक गरिएको छ । स्वदेशी तथा विदेशी खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी र पाहुनालाई ती होटलमा राखिनेछ । 


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.