Nepal's No. 1 Digital Newspaper

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्र द्वारा १ करोड अपाङ्गता अक्षय कोषको स्थापना

काठमाडौं ।राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्र द्वारा राष्ट्रिय सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण” कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डप मा संस्थाको अध्यक्ष नीलकण्ठ पौडेल सभापतित्वमा र उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव को प्रमुख अतिथिमा सम्पन्न भयो ।

कार्यक्रम लाई सम्बोधन गदै उपप्रधानमन्त्री यादवले , राज्यका हरेक संरचनमा अपाङ्गता भएका व्यक्तिको समान सहभागितालाई व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

Order Now: 98510-87891


साथै उनले अपाङ्गता भएका व्यक्तिको अधिकार प्राप्तिका लागि भएका ऐन/कानून र नीतिको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘अपाङ्गता भएको व्यक्ति सपाङ्ग व्यक्तिभन्दा कुनै पनि हिसाबले कमजोर हुँदैन, दुवै समाजका अङ्ग हुन, त्यसैले समान अवसर हुनुपर्छ, अपाङ्गता भएकै कारण उनीहरुमा हिनताबोध हुनु हुँदैन ।’
उनले संविधान ऐन/कानून नीति नियमले समेत अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै आत्मबल बलियो बनाएर अगाडि बढ्न आग्रह गरे ।
केन्द्रका अध्यक्ष नीलकण्ठ पौडेलले संघ, प्रदेश र स्थानीय तीनै सरकारले अपाङ्गतामैत्री बजेट प्रस्तुत नगरेको भन्दै अपाङ्गतामैत्री बजेटका लागि आग्रह गरे ।

केन्द्रले आजै १ करोडको अपाङ्गता अक्षय कोषको समेत स्थापना गरेको छ । कार्यक्रममा अपाङ्गताको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्नुका साथै अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर र वैशाखीसमेत वितरण गरिएको थियो ।

कार्यक्रम मा महानगरीय प्रहरी आयुक्त एस एस पी श्याम ज्ञवाली ,उर्मिला डंगोल ,कमल कटुवाल ,रबिन प्रसाद थपलिया ,सरिता थुलुङ,आशिका तामाङ लगाएतको उपस्थिति थियोे ।कार्यक्रम मा रमा न्याैपाने र निलम ढुंगाना को एउटा खुट्टाले गरेको नाचको बिशेश आकषर्ण प्रस्तुति रहेको थियो


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.