Nepal's No. 1 Digital Newspaper

उपनिर्वाचन : ६५.४३ प्रतिशत मत खस्यो, आजै गणना रौतहट र हुम्लामा धेरै, थवाङमा कम, आजै गणना

रौतहट र हुम्लामा धेरै, थवाङमा कम

तीनै तहका रिक्त पदमा शनिबार भएको मतदानमा ६५.४३ प्रतिशत मत खसेको छ।

Order Now: 98510-87891

रौतहट र हुम्लामा ८५ प्रतिशत मत खसेको छ भने रोल्पा थवाङमा वडाध्यक्षका लागि भएको मतदानमा १६.४ प्रतिशत मात्रै मत खसेको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शनिबार साँझ पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको दाबी गरे।

‘मतदाताको व्यापक उत्साहपूर्ण सहभागिता रह्यो,’ उनले भने।

मतदानका क्रममा कास्की, लम्जुङलगायत ठाउँमा बम विस्फोट भए पनि खासै असर नपरेको उनले बताए। आयोगले मतदाता परिचय पत्र नभए पनि अन्तिम मतदाता नामावलीमा नाम भएका मतदातालाई नागरिकता वा राहदानीलगायत परिचय पत्रबाट पनि मतदान गर्न दिएको थियो।

तीनै तहका रिक्त पदका लागि चार लाख ५४ हजार मतदाता थिए। तीमध्ये दुई लाख ९७ हजार मत खसेको छ। ‘७० प्रतिशत मत खस्छ भन्ने आँकलन थियो,’ उनले भने।

संघीय निर्वाचन क्षेत्र सदस्यका लागि कास्की २ मा भएको उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको आयोगको भनाइ छ। यहाँ २०७४ सालमा खसेकोभन्दा कम मत खसेको छ। कास्की २ मा ४६ हजार पाँच सय मत खसेको हो।

यस्तै भक्तपुरमा ७० प्रतिशत, दाङमा ६७ प्रतिशत, धरानमा ५९ प्रतिशत मत खसेको छ।

‘रौतहट र हुम्लामा ८५ प्रतिशत मत खस्यो। थवाङमा १६.४ प्रतिशत मात्रै खसेको छ। जति मत खस्यो त्यो गणना हुन्छ,’ थपलियाले भने।

उपनिर्वाचनका लागि चार सय १९ पर्यवेक्षक खटिएका थिए।

निर्वाचन आयोगले मतपेटिका संकलन गरेपछि राजनीतिक सहमति गरेर शनिबारदेखि नै मतगणना थाल्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आग्रह गरिसकेको छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.