Nepal's No. 1 Digital Newspaper

उपनिर्वाचन: पोखराको मतदानस्थल नजिकै बम विस्फोट

पोखरा, १४ मंसिर । कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए ।

Order Now: 98510-87891

मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको छ ।
बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ । यसअघि पोखरा–३३ बागमाराको सरस्वती टीका मावी र पोखरा–१६ अर्मलाको शान्ति मावी नजिकै बम बिस्फोट भएको थियो ।

बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको थियो । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा बम बिस्फोट भएको हो । उनले मतदान गर्न लागेको मतदान स्थलबाट करिब ५० मिटर नजिकै बम बिस्फोट भएको प्रगरीले जनाएको थियो। 

बम बिस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

घटना कस्ले घटायो भन्ने बारे अझै यकिन हुन सकेको छैन । यो घटनाबाट पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.