Nepal's No. 1 Digital Newspaper

नेपाल नागरिक समाजद्धारा भ्रष्टाचार विरोधी देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, १३ मंसिर । नेपालनागरिक समाजले भ्रष्टाचार विरोधी देशव्यापी आन्दोलनगर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलनगरी भ्रष्टाचार विरोधी आन्दोलनको घोषणा गरेको हो।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष भीमबहादुर शाहीले आगामी दिनमा ‘भ्रष्टाचार विरोधी आन्दोलन’ देशव्यापी रुपमाशुरु गर्ने बताए । आन्दोलनतीन चरणमा विभाजितगरिएको उनको भनाई थियो । पहिलो चरणमा प्रचार, दोस्रो चरणमा खबरदारी र तेस्रो चरणमा कारबाहीआन्दोलनहुने जानकारी दिए ।

Order Now: 98510-87891

आन्दोलनको मुख्य सिद्धान्त सत्य, अहिंसा, शान्ति, सहभागिता र पारदर्शीता रहने पनि प्रष्ट पारे । उनले भने, ‘यो आन्दोलन सम्पूर्ण नागरिकहरुको आन्दोलनभएकाले आगामीदिनमाकुनै पनिविभेद र प्रतिशोध नराखीआ–आफ्नो स्तर र क्षत्रबाट सहयोग र सहभागिताको आवह्वानगर्दछु ।’

शाहीले आफ्नै विधि, विधान र कार्यशैलीमाआन्दोलनलाई देशव्यापीबनाएर लैजाने तयारी पूरा भएको जानकारी दिए । उनले भने–अब देशव्यापी रुपमा भ्रष्टाचार विरोधीआन्दोलन अगाडि बढाउँछौं ।

२०७३ भदौ ५ गते बाँके जिल्लाको कोहलपुरमा समाजको स्थापना भएको उल्लेख गर्दै भ्रष्टाचार विरुद्ध भूमिका निभाउँदै आएको बताए । आगामी दिनमा भूमिकालाई अझ प्रभावकारी बनाउँदै भ्रष्टाचार विरोधी आन्दोलनलाई निरन्तर अगाडि बढाउन सम्पूर्ण नागरिकहरुलाई आह्वानगरे ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.