Nepal's No. 1 Digital Newspaper

१३औं साग : नेपालबाट खेल्ने खेलाडी मध्ये एक तिहाइ नेपाली सेनाका खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपालबाट खेल्ने खेलाडी मध्ये एक तिहाइ नेपाली सेनाका छन्। नेपालका ५९४ खेलाडीले विभिन्न २६ खेलमा प्रतिस्पर्धा गर्दैछन्। जसमध्ये ३११ पुरुष र २८३ महिला खेलाडी छन्।

नेपालबाट खेल्ने खेलाडी मध्ये एक तिहाइ नेपाली सेनाका छन्। सेनाका १७९ खेलाडीले सागमा प्रतिस्पर्धा गर्दैछन्। सागमा खेल्ने सेनाका खेलाडीमध्ये ९५ पुरुष र ८४ महिला खेलाडी छन्।

Order Now: 98510-87891

सेनाका खेलाडी २१ खेलमा सहभागी हुनेछन्। सेनाका खेलाडी ७ खेलमा मात्र सहभागी छैनन्।

सेनाका खेलाडीले एथ्लेटिक्स, कुस्ती, फुटबल, भारोत्तोलन, खोखो, बास्केटबल, खोखो, कबड्डी, टेबलटेनिस र जुडोमा भाग लिनेछन्। यसैगरी ट्रायथलन, आर्चरी, भबलिल, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फेन्सिङ, ह्यान्डबल, ब्याडमिन्टन, सुटिङ र पौडीमा पनि सेनाका खेलाडीको सहभागिता रहनेछ। सागमा भाग लिने बढी खेलाडीमा सेनापछि सशस्त्र प्रहरीका छन्। सशस्त्रका ९७ जना खेलाडी सागका लागि छनोट भएका छन्। सशस्त्रका खेलाडीले १७ खेलामा नेपालको प्रतिनिधित्व गर्दैछन्। जसमध्ये ५७ महिला र ४० पुरुष खेलाडी छन्।

सशस्त्रका खेलाडी कराते, उसु, जुडो, एथ्लेटिक्स, साइक्लिङ, खोखो, ह्यान्डबल, भलिबल, तेक्वान्दो, फेन्सिङ् र क्रिकेटमा सहभागी छन्। यस्तै बक्सिङ, टेबलटेनिस, फुटबल, ब्याडमिन्टन र कबड्डी पनि सशस्त्रका खेलाडी सहभागी छन्।

यस्तै नेपाल प्रहरीका नेपाल प्रहरीबाट ९२ खेलाडी खेल्दैछन्। जसमा ४४ महिला र ४८ पुरुष छन्।

प्रहरीले १९ खेलमा सहभागिता जनाउनेछ। जसमा पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टनमा छन्। यस्तै, टेबलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुस्ती र महिला बास्केटबलमा पनि सहभागिता रहनेछ।

तीन विभागीय टिम गरी कुल ३६८ खेलाडी सहभागी हुनेछन्।

विभागीय बाहेक २ सय २६ खेलाडीले भाग लिनेछन्।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.