Nepal's No. 1 Digital Newspaper

काठमाडौं उपत्यकामा चिसो बढ्दै

ही दिनयता काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ ।

गत बुधवारदेखि उपत्यकाको तापक्रम दैनिक २ देखि ३ डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


Order Now: 98510-87891

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् प्रतिभा मान्नधरले बताइन् । ‘डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जानेछ,’ उनले भनिन्, ‘आज काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम ७ डिग्री सेल्सियसमा झरेको छ, बिहीवार उपत्यकाको तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस थियो ।’ 


अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । केही दिनयता पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाकासहित देशका धेरैजसो स्थानमा आंसिकदेखि सामान्य बदली भएको छ । शनिवारदेखि क्रमिक सुधार हुँदै जाने बताइएको छ । हाल देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रहेको छ । 

शुक्रवार राति देशका पश्चिमी र मध्य पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिवार पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

आइतवार पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार शुक्रवार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम सात डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 

शुक्रवार सबैभन्दा कम जिरीको न्युनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.