Nepal's No. 1 Digital Newspaper

दाङमा उपनिर्वाचनको तयारी पूरा

दाङमा उपनिर्वाचनका लागि मतदान अधिकृतसहित सम्पूर्ण कर्मचारी बुधबार मतदान केन्द्र पुगेका छन्।

बुधबार निर्वाचनका लागि आवश्यक सामाग्री बुझेर सबै कर्मचारी मतदान केन्द्रमा गइसकेको घोराहीका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

Order Now: 98510-87891

उनले आफूहरुको तर्फबाट हुने सम्पूर्ण तयारी पुरा भएको र मतगणनाको तयारी मात्रै बाँकी रहेको बताए। दाङमा प्रदेशसभा सदस्य र वडा अध्यक्ष पदको लागि ८२ मतदान केन्द्र तोकिएको छ।

कर्मचारीका साथै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनै तहको सुरक्षाकर्मी मतदान केन्द्रमा खटाइसकेको निर्वाचन अधिकृत थापाले जानकारी दिए।
यसैबीच बुधबार मध्य रातिबाट निर्वाचनको मौन अवधि सुरू हुने हुँदा दलहरुले दिनभर जिल्लामा आ आफ्नो तर्फबाट शक्ति प्रर्दशनका साथै अन्तिम सभा सम्मेलनहरु गरेका छन्।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.