विदेश भ्रमण छोट्याएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अचानक विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । उनी शुक्रबार विहान १० बजे त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले देश भित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएको बताएका छन् । तर, उनले विकसित परिस्थितिबारे खुलाएनन् । ‘भ्रमण पर्सीसम्म थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो,’ उनले भने, ‘देशको विकसित परिस्थितिबारे भ्रमण छोट्याएर आइयो ।’
परराष्ट्रमन्त्री रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार अपह्रान्ह रुसको राजधानी मस्को प्रस्थान गरेका थिए ।
उनले रुसको भ्रमणको क्रममा आफूले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको बताएका छन् । यद्यपि, उनले रुसबाट औपचारिक जवाफ नआएको बताए ।