Nepal's No. 1 Digital Newspaper

भारतीय राजपत्रमा लिम्पियाधुरा नेपालकै रहेको उल्लेख

१२ मंसिर काठमाडौं, भारतीय राजपत्रमा लिम्पियाधुरा नेपालकै रहेको उल्लेख छ । भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको हो । अन्नपूर्णमा खबर छ । सन १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ । स्थानीय सौका भाषमा काली नदीलाई कुटियाङदी भनिन्छ । सन १९६२ को भारत चीन युद्दपछि भारतले कालापानी देउमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै आएको छ ।

सुगौली सन्धीमा भने नेपालको पश्चिमी सीमा काली नदी उल्लेख भएको हुँद नक्क्ली कुलोलाई नै काली नदी मानेर भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । राजपत्रमा भनिएको छ, ‘काली नदीको उद्गमस्थल लिम्पियाधुरा क्षेत्रको कुटियाङ्दी नदी हो ।’

Order Now: 98510-87891

भारतले १८५६ पछि का नक्सामा काली नदीलाई सारेर लिपुखोला काली नदी भनेको छ भने वास्तविक काली नदलिाई कुटियाङ्दी भनेको छ । सीमा अभियान्ता श्याम श्रेष्ठले सिंहदरबारमा बुधबार भएको छलफलमा राजपत्रमा काली नदीको शीर लिम्पियाधुरा स्पष्ट उल्लेख रहेको बताए । उनले तथ्य, प्रमाण, नक्सा र ऐतिहासिक पृष्ठभूीमले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको स्पष्ट पारे । सबै प्रमाण संकलन गरेर भारतसंग वार्तामा बस्न उनले सरकारलाई सुझाव दिए ।

उनले महाकाली सन्धीताका पदमरत्न तुलाधरको संयोजकत्वमा सीमा अतिक्रमण प्रतिकार समिति गठन गरेर आफूहरुले एक वर्ष तीन महिना लगाएर तथ्य संकल गरेको जानकारी गराए ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.