Nepal's No. 1 Digital Newspaper

‘च च हुई’ ले पनि दिएन आर्यन र मिरुनालाई राहत

काठमाण्डौ, गएको शुक्रबारबाट प्रदर्शनमा आएको साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ यस वर्षको सबैभन्दा ठूलो डिजास्टर साबित भएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर स्टारर यस फिल्मको ‘वर्ड अफ माउथ’ कमजोर हुँदा दर्शकले हलसम्म पुग्ने जाँगर चलाएका छैनन् । प्रदर्शनको दिनदेखि नै फिल्मको प्रायः बिहानी शो दर्शक अभावका कारण रद्द भएका छन् ।  

दिउँसो पनि फिल्म हेर्ने दर्शकको उपस्थिति पट्यारलाग्दो छ । दर्शक अभावका कारण मल्टीप्लेक्सहरुले फिल्मको सोज घटाइरहेका छन् । भने, सिंगल थिएटरका सञ्चालकहरु पनि ‘च च हुई’ लाई रिप्लेस गरेर पुरानो नेपाली फिल्म लगाउन बाध्य छन् । तर, वितरक कम्पनीले चिसो मौसमका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक हुन नसकेको बहाना बनाएको छ ।  

Order Now: 98510-87891

 रिलिजपूर्व खासै राम्रो हाइप निर्माण गर्न नसके पनि ‘च च हुई’ ले बक्सअफिसमा भने सुखद व्यापार गर्ने अनुमान गरिएको थियो । केही वर्षयता एउटा पनि हिट फिल्म दिन नसकेका एक समयका ‘नम्बर वान’ अभिनेता आर्यनको क्रेज यसपटक हलमा देखिनेमा धेरै आशावादी थिए । तर, फिल्मले न हलमा दर्शक तान्न सक्यो न त थला परेको आर्यनको क्रेज उठाउन नै सफल भयो । 

यो फिल्मसहित आर्यनको खातामा फ्लप फिल्मको अंक ६ पुगेको छ । ‘च च हुई’ ले पनि बक्सअफिसमा घुँडा टेक्दा धेरैले अब उनको युग सकिएको भन्दै टिका-टिप्पणी गर्न थालेका छन् । कतिपय यो मान्छन् कि फिल्म छनोटमा चुक्दा उनले दर्शकको साथ पाउन नसकेका हुन् । एक समय बक्सअफिसका हिट मेशिन भनिने आर्यन अहिले एक हिट फिल्मका लागि भोकाएका छन् ।  

‘च च हुई’ की सोलो अभिनेत्री मिरुना मगरको हालत पनि आर्यनको भन्दा कम छैन । यसअघि उनी अभिनीत तीन फिल्म ‘लालपूर्जा’, ‘रोज’ र ‘साइनो’ ले हलमा पानी भन्न पाएनन् । अभिनय र सुन्दरताको राम्रै चर्चा हुने गरेता पनि उनका फिल्म एकपछि अर्को बक्सअफिसमा नराम्रोसँग पिटिएका छन् । यो फिल्म पनि पत्तासाफ हुँदा मिरुनाको करिअर थप संकटमा परेको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.