Nepal's No. 1 Digital Newspaper

सुरुवात राम्रो भयो, उपाधि जित्ने प्रेसर छ : प्रशिक्षक

काठमाडौं ११ मंसिर । नेपाली महिला भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भलिबल खेलमा सुरुवात राम्रो भएको प्रतिक्रिया दिएका छन् । बुधबार बंगलादेशलाई पराजित गरेपछि सुखद सुरुवात भएको बताएका हुन् ।

‘बंगलादेशको प्रदर्शन हामी भन्दा तल नै छ । विपक्षीले राम्रो नखेल्दा हाम्रो खेल पनि स्लो देखिन पुग्यो । त्यसैले सर्विस लगायतमा राम्रो भएन’ उनले भने ।

Order Now: 98510-87891

उनले दक्षिण एसियामा भारत बलियो टीम रहेकाले उसलाई हराउन सकेमा उपाधि जितिने पनि बताए । ‘भारत साउथ एसियाको पावर हाउस टिम हो । ऊविरुद्ध खेल्दा प्रेसर हुन्छ नै । कोटमा हामी फुल मटिभेसनका साथ खेल्नेछौं । भारतलाई पराजित गर्नसके गोल्डमेडलको नजिक हामी हुनेछौं’ प्रशिक्षक भट्टले भने ।

अहिलेको खेलमा ६० प्रतिशत सुधार गरेमा उपाधि जित्न सकिने उनको भनाइ छ । कप्तान अरुणा शाहीले आगामी खेलमा कमी कमजोरी सुधार्दै जाने बताइन् । ‘विपक्षी स्लो हुँदा हामी पनि स्लो हुन पुग्यौं’ उनले भनिन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.