Nepal's No. 1 Digital Newspaper

पाउलो डिबालाले फ्रिकिक मार्फत निर्णायक गोल गरे, युभेन्ट्सको जितमा डिबाला नायक बने

एजेन्सी । घरेलु मैदानमा मङ्गलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सले एट्लेटिकोलाई १–० गोलले हरायो । अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले फ्रिकिक मार्फत निर्णायक गोल गरेपछि इटालियन महारथी युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलका स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि कठिन जित निकालेको छ ।

युभेन्ट्सको जितमा डिबाला नायक बने । डिबालाले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । डिबालाको सोही गोलनै निर्णायक बनेको थियो । दोस्रो हाफमा दुवै टोलीले लगातार गोलको अवसर बनाएपनि सफल हुन सकेन ।

Order Now: 98510-87891

जितसँगै युभेन्ट्स समूह ‘डी’ बाट नकआउट चरणमा पुगेको छ । शीर्ष स्थानमा रहेको  युभेन्टसको पाँच खेलबाट १३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्यड्रिडको सात अंक छ ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब बायर लिभरकुसेनले लोकोमोटिभ मोस्कोलाई २–० गोलले पराजित गरेको छ । जितसँगै ६ अंक बनाएको लिभरकुसेन तेस्रो स्थानमा छ । तीन अंक बनाएको लोकोमोटिभ अन्तिममा छ ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.