Nepal's No. 1 Digital Newspaper

अनमोलको अवार्ड मोह !

अहिलेको समयमा कुनै अभिनेताको बक्सअफिसमा स्टारडम विक्छ छ, त्यो अनमोल केसीको नै हो । ‘होस्टेल’ बाट डेब्यू गरेका उनले ‘ए मेरो हजुर ३’ सहित सात फिल्ममा अभिनय गरिसकेका छन् । यीमध्ये ‘कृ’ र ‘क्याप्टेन’ ले मात्र लगानी उठाएनन् । बाँकी सबै फिल्म बक्सअफिसमा सफल ठहरिए । अहिले उनको नामले नै फिल्मले लगानी उठाउने विश्वास मेकरमा छ । त्यसैले त उनलाई फिल्ममा लिनका लागि निर्माताबीच सानो तछाडमछाड चल्दैन । उनले मागे जति पारिश्रमिकमा फिल्म खेलाउन निर्माता तयार छन् ।  केही वर्ष अगाडिसम्म उनलाई प्रोफेसनल अभिनेताको रुपमा लिइन्थ्यो । एकपटक बोलेपछि कुनै हालतमा पछाडि हट्दैन थिए । तर, महँगो पारिश्रमिकमा साइन गरेको दुई फिल्म ‘ब्याचलर बन्टी’ र ‘धुपौरे’ छायांकनमा जानेबेला स्क्रिप्ट चित्त नबुझेको भन्दै हात झिकेपछि उनलाई ‘धोकेबाज’ को ट्याग लागेको छ । साइन गरेको फिल्म पछि स्क्रिप्टमा दोष देखाएर छाड्नुलाई धेरैले उनको गैरजिम्मेवारी पन बनाएका छन् । भने, कतिपयले स्क्रिप्ट चित्त नबुझेपछि फिल्मबाट हात झिक्नुलाई अनमोलको बुद्धिमता पनि भनेका छन् । खैर, आजको मुल सन्दर्भतर्फ लागौं । प्रत्येक कलाकारलाई अवार्ड निकै प्रिय हुन्छन् । अनमोल अपबाद रहने कुरै आएन । हरेक फिल्ममा अभिनयको चर्को आलोचना हुने गरे पनि उनले उत्कृष्ट अभिनेता या पपुलर अभिनेताको अवार्ड वर्षेनी पाइरहेका छन् । अझ रोचक कुरा त के छ भने उनी अवार्ड समारोहमा गएर खाली हात फर्किनु परेको रेकर्ड छैन । अवार्ड कार्यक्रममा गएपछि उनले उत्कृष्ट अभिनेताको अवार्ड जितेरै घर फर्किएका छन् । उनी अवार्ड पाउने निश्चित भएपछि मात्र कार्यक्रममा जाने गरेको बताइन्छ ।  

 आइतबार साँझ जापानमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ आयोजना भयो । अहिले यो अवार्डको सामाजिक सञ्जालमा व्यापक विरोध र आलोचना भैरहेको छ । अवार्ड कार्यक्रममा दर्शकभन्दा नेपालबाट गएका अतिथी धेरै थिए । अवार्ड हेर्नका लागि दुई दर्जन दर्शकको पनि उपस्थिति थिएन । स्टेज भने नेपालबाट अवार्ड थाप्न गएका कलाकारहरुको भीडले भरिएको थियो । लिने र दिने मात्र भएको अवार्ड कार्यक्रमले नेपालबाट गएका कलाकारहरुको ‘धज्जी’ उडेको कतिपयको निष्कर्ष छ । तर, यस विषयमा आयोजक मौन छ । ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्दै सामाजिक सञ्जालमा टिका टिप्पणी भैरहेको ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा अभिनेता अनमोल केसीले फिल्म ‘क्याप्टेन’ बाट पपुलर अभिनेताको अवार्ड चुमे । हुन त धेरैले उनी जापान जाँदै गर्दा उत्कृष्ट अभिनेताको अवार्ड उनैले पाउने ठोकुवा नै गरेका थिए । भयो पनि त्यस्तै । तर, गर्वले फुलेको छातीमा अनमोल अवार्ड थाप्न स्टेज चढ्दा नेपालबाट गएको दुई दर्जन कलाकारभन्दा बाहेक अरु ताली पिट्ने नै थिएनन् । धन्न ! कसैले उनले अवार्ड थाप्दै गरेको तश्विर चाहिँ खिच्न भ्याएछन् ।  अवार्ड कार्यक्रमलाई लिएर चर्को आलोचना भइरहँदा अनमोल भने फेसबुक र इन्स्टाग्राममा बधाई खाइरहेका छन् । अवार्ड जितेको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेपछि उनका हजारौं शुभचिन्तकले बधाई दिएका छन् । तर, फिल्मवृतमा अवार्डको लोभमा उनी जापान पुगेको भन्दै टिप्पणी भैरहेको छ । कामको मुल्यांकन गरेर दिइएको अवार्ड पाएपछि ताली पिट्ने दर्शक नभएर के भयो त ? फेसबुकमा बधाईको ओहिरो र घरको भित्तामा एउटा अवार्ड थपिहाल्यो । यो पनि ठूलै उपलब्धि हो नी, होइन र अनमोलजी ?

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.