Nepal's No. 1 Digital Newspaper

प्रधानमन्त्री केपी शर्मा ओलीको चौथो डायलसिस पनि सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको चौथो डायलासिस सम्पन्न भएको छ।

प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल धापासीमा आइतबार डायलासिस भएको हो। डायलासिस सकेर प्रधानमन्त्री ओली आइतबार राति नै बालुवाटार फर्किएका छन्।

Order Now: 98510-87891

गत कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १४ गते बालुवाटार फर्किएका थिए।

अस्पतालमै दुई पटक डायलासिस भएको थियो भने त्यसपछि पनि दुई पटक डायलासिस भएको छ। चिकित्सकहरूले प्रधानमन्त्रीलाई नियमित डायलासिस वा मिर्गौलाको दोश्रो प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौलाको प्रत्यारोपण भएको थियो।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.