Nepal's No. 1 Digital Newspaper

दक्षिण एसियाली खेलकुद इतिहास : चार स्वर्णबाट सुरुआत

अहिलेको भए, त्यो मैदानमा फुटबल खेल्नलायक मानिन्थ्यो । तर त्यतिबेलाको कुरै बेग्लै । फाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले हरायो । 

काठमाडौँ — काठमाडौं उपत्यकातिर असोजमा पर्ने पानी असारको जस्तो हुन्न । तर २०४१ सालको असोजमा काठमाडौंमा बेस्सरी पानी परेको थियो । त्यो पनि लगातार । संयोग कस्तो भने त्यतिबेला नेपालले आयोजना गरेको थियो, दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण ।b

Order Now: 98510-87891

यस्तोमा पानीले दुःख दिने भयो नै । जतिबेला नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा फुटबलको फाइनल भएको थियो, मैदान हिलाम्मे थियो । अझभन्दा मैदान धान रोप्न ठिक्क पारेको खेत जस्तो ।
अहिलेको भए, त्यो मैदानमा फुटबल खेल्नलायक मानिन्थ्यो । तर त्यतिबेलाको कुरै बेग्लै । फाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले हरायो । असोज ७ गते भएको फाइनल पूरा प्रतियोगिताकै अन्तिम प्रतिस्पर्धा पनि थियो । त्यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या चार पुग्यो । त्यस फाइनलमा नेपालका लागि वाईबी घलेले दुई गोल गरे । एक गोल सुरेश पन्थीको नाममा रह्यो । अर्को एक गोल थियो आत्मघाती । त्यस अर्थमा नेपालले फुटबलमा जितेको स्वर्णसँगै प्रतियोगिताले सुखद बिदाइ लियो ।

त्यसको ठीकअगाडि वैकुण्ठ मानन्धरले म्याराथनबाट स्वर्ण जिते । उनले २ घण्टा २७.११ मिनेटमा दौड पूरा गरे । नेपालले बक्सिङबाट त्यस अगाडि नै दुई स्वर्ण हात पारिसकेको थियो । त्यतिबेला त्यो समय पनि थियो, जति बेला नेपालमा बक्सिङ खुबै लोकप्रिय थियो । टोल–टोलमा बक्सिङ खेल्ने क्लब हुन्थे । त्यसैले नेपालले बक्सिङबाट राम्रै सफलता हात पारेको थियो । पुष्करध्वज शाही भने नेपालका लागि दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने पहिलो खेलाडी ।

यस ऐतिहासिक सफलताका लागि उनले लाइट फ्लाइवेट फाइनलमा श्रीलंकाका रत्नसूर्यालाई हराए । यो खेलबाट अर्को स्वर्ण दलबहादुर रानामगरले जिते । लाइटवेटमा उनले भारतका एस जयरामलाई पन्छाए । संयोगले यी दुवै नेपाली बक्सिङ लिजेन्ड अहिले हाम्रासामु छैनन् । उनीहरूको ख्याति पनि गुमनामजस्तै भइसकेको छ । बक्सिङबाटै नेपालले ५ रजत पदक पनि जित्न सफल रह्यो । यसरी रजत जित्नेमा एक थिए, अहिलेका बक्सिङ संघका अध्यक्ष राम अवाले पनि ।

यस्तै प्रवीण तुलाधर, प्रकाश तुलाधर, उत्तम श्रेष्ठ र मानबहादुर श्रेष्ठले पनि रजत जिते । त्यसको अर्थ नेपालका पाँच बक्सर फाइनलमा पराजित रहे । यसैमा उमेश मास्केले कांस्य जिते । एथलेटिक्सबाट नेपालले ३ रजत र १ कांस्य पनि जित्यो । म्याराथनमा अर्जुन पण्डित दोस्रो स्थानमा आए । आमिरी यादवले ५ र १० हजार मिटर दौडमा दुई रजत जिते । जोधा गुरुङ १५ सय मिटर दौडमा तेस्रो भए । भारोत्तोलनबाट ४ रजत र तीन कांस्य प्राप्त भयो ।

जगदीश प्रधान, अशोक कार्की, सुरेन्द्र हमाल र सुनीललाल जोशी थिए, यो खेलबाट रजत जित्ने । कांस्य जित्ने खेलाडी भने ज्योति पौडेल, मदन शिवभक्ति र समसुद्दिन सिद्दिकी रहे । पौडीबाट सान्त्वना पदकका रूपमा तीन कांस्य प्राप्त भयो । अमृत चित्रकार, तुलसी गुरुङ, जय गुरुङ र राजमानतुलाधरले पौडीको चार गुणा सयमिटर फ्रिस्टायल रिलेमा कांस्य जिते । यस्तै चार गुणा सय मिटर मिड्ली रिलेमा कांस्य जित्नेमा ईश्वर कार्की, राजमान, श्याम गुरुङ र ओङदेनलामा थिए ।

पूरा प्रतियोगितामा नेपालकालागि महिलाले जितेको एकमात्र पदक कांस्य थियो पौडीबाट । महिला चार गुणा सय मिटर मिड्लेको रिलेमा नेपालले प्राप्त गरेकको तेस्रो स्थानमा लागि चुनौती पेस गर्ने खेलाडी थिए, शारदा लेप्चा, अर्चना थापा, इन्दिरा चाम्लिङ र नीलम तुलाधर । यो नेपालका लागि दक्षिण एसियाली खेलकुदमा महिलाले जितेको पहिलो पदक पनि रह्यो । त्यो अर्थमा यो ऐतिहासिक पनि रह्यो ।

रध्वज शाही भने नेपालका लागि दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने पहिलो खेलाडी ।

तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.