Nepal's No. 1 Digital Newspaper

हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले बालबालिकालाई शैक्षिक सामाग्री वितरण

हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेकी छन् । आज काठमाडौंको बानेश्वरस्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई उनले शैक्षिक सामाग्री बितरण गरेकी हुन् । गरिबीका कारण बालबालिका पढ्नबाट बन्चित नहुन भन्ने उद्देश्यले हिमानी ट्रष्टले बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

शैक्षिक सामाग्री वितरणपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहले उपत्यकासँगै बाहिरका जिल्लाका बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा ट्रस्टले निरन्तर काम गर्ने जानकारी दिइन ।

Order Now: 98510-87891

ट्रष्टले कार्यक्रममा विद्यार्थीहरुलाई स्कुल ब्याग, कपी, पुस्तकसहित शैक्षिक सामाग्री बितरण गरेको थियो । ट्रष्टले उपत्यका बाहिरका बालबालिकाको शिक्षा र स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखेर लामो समयदेखि सहयोग गर्दै आइरहेको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.