Nepal's No. 1 Digital Newspaper

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने : योगेश भट्टराई

१२ अर्ब रुपैयाँभन्दा बढीको लागतमा ४ चरणमा विमानस्थल विस्तारको काम सम्पन्न गर्ने गुरु योजना आज नेपालगञ्जमा सार्वजनिक गरिएको हो । नेपालगन्ज विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रियस्तरको बनाइने भएको छ ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराईले नेपालगन्ज विमानस्थलको विस्तारका साथै नेपालगन्ज–दिल्ली, नेपालगन्ज–पोखरा र अन्तरप्रदेश उडानको लागि पहल भइरहेको जानकारी दिए ।

Order Now: 98510-87891

मन्त्री भट्टराईले भारतसंग नेपालका विभिन्न नाकाबाट हवाई रुट माग गरिएको जनाउँदै नेपालगन्ज–दिल्ली उडानका साथै अन्य रुट भारत पक्षले स्वीकृति दिएसंगै संचालन हुने विश्वास दिलाए । अन्तर प्रदेश उडानका लागि कार्यदल बनाएर काम शुरु भइरहेको उनले जानकारी दिए ।

नागरिक उड्यन प्राधिकरणका महाप्रवन्धक राजन पोखरेलले जग्गा अधिग्रहण गर्दै हालको विमानस्थलको स्तरउन्नति प्रक्रिया अघि बढने जानकारी दिए । गुरुयोजनामा सन् २०२३ सम्ममा निर्माण कार्य सम्पन्न गरी अन्तर्राष्ट्रिय र आन्तरिक उडान संचालन गरिने उल्लेख छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.