Nepal's No. 1 Digital Newspaper

नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबल : नेपाल र भारत अलग अलग समूहमा

६ मंसिर, काठमाडौं । नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल र भारत अलग अलग समूमा परेका छन् ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सार्वजनिक गरिएको खेलतालिका अनुसार समूह ए मा नेपालसँगै  बंगलादेश र  भुटान रहेका छन् ।

Order Now: 98510-87891

समूह बी मा भारतसँगै माल्दिभ्स र  श्रीलंका रहेका छन् ।

पुरुष फुटबलमा नेपाल अघिल्लो संस्करणको विजेता हो । नेपालले १२ औं सागको फाइनलमा भारतलाई हराएर स्वर्ण जितेको थियो । पुरुष फुटबलमा सार्क सदस्य राष्ट्रमध्ये पाकिस्तान सहभागी छैन  ।

पुरुष फुटबलका खेलहरु दशरथ रंगशालामा हुनेछ । लिग कम नकआउटका आधारमा खेल हुने र समूहको शीर्ष दुईमा रहने टिम सेमिफाइनल पुग्नेछ ।

पहिलाे खेल नेपाल र बंगलादेशबीच हुनेछ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.