Nepal's No. 1 Digital Newspaper

पत्रकार खेम भण्डारी एक घण्टा जेल बसेर फर्किए

पत्रकार खेम भण्डारी एक घण्टा जेल बसेर फर्किए

महेन्द्रनगर ३ मंसिर ! अदालतको अपहेलनासम्बन्धी मुद्दामा दोसि ठहरिएका पत्रकार खेम भण्डारी एक घन्टा कारागार बसेर फर्किएका छन् । उनि विरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा परेको थियो ।

Order Now: 98510-87891

अदालतले गत असारमा गरेको फैसला स्वरूप पत्रकार भण्डारीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको हो । सोही मुद्दामा जिल्ला अदालत कञ्चनपुरले उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय तोकेको थियो । उक्त कैद सजाय बमोजिम उनी एक घन्टा कारागार बसेर निस्किएका हुन् ।

साथै सोही मुद्धामा अदालतले तोकेको एक रुपयाँ जरिवाना समेत पत्रकार भण्डारीले भुत्तान गरेका छन् ।

जिल्ला बार इकाइले पत्रकार भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेको थियो । पत्रकार भण्डारीले आफूले कुनै गलत काम नगरेको भन्दै अदालतका शर्त मान्न अस्वीकार गरेका थिए।

त्यस्तै पत्रकार भण्डारी १ घण्टा जेल सजाय भुक्तान गरी रिहा भएपछि ‘निर्मला हत्याकाण्ड’मा न्यायालयको पनि मिलेमतो रहेको आरोप लगाएका छन् । उनले कारागार चलान हुनुअघि पत्रकारहरूसँग उनले निर्मला हत्याकाण्डमा न्यायालय पनि मिलेको उनले बताए ।

आफूलाई पुनरावेदनको न्यायोचित हकबाट पनि वञ्चित गरिएको उनले बताए । ‘अदालती फैसलाको सम्मान हुन्छ, तर अदालतका गलत कुराहरूको कहिल्यै पनि सम्मान हुँदैन, यसको जमेर विरोध गरिन्छ,’ उनले भने, ‘मजस्तो मान्छेलाई मेरो अधिकारबाट वञ्चित गरिएको छ ।’ उनले मंगलबार आफैं अदालत पुगेर फैसला कार्यान्वयन गर्न सघाएको बताए ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणबारे सामाजिक सञ्जालमा अदालतको अपहेलना हुने खालका सामग्री पत्रिकामा लेखेको अभियोमा जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई १ रुपैयाँ जरिमाना र एक घण्टा जेल सजाय सुनाएको थियो । जिल्ला बार इकाइले ४ चैत २०७५ मा दायर गरेको मुद्दामा जिल्ला अदात कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलाशले भण्डारीलाई तीन सर्तसहति १ घण्टा जेल र १ रुपैयाँ जरिमानासहितको ८४ पृष्ठ लामो फैसला सुनाएको थियो ।

पत्रकार भण्डारी महेन्द्रनगरबाट प्रकाशित हुने मानखण्ड दैनिकका सम्पादक, रेडियो महाकालीका सञ्चालक तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.