Nepal's No. 1 Digital Newspaper

नेपाल आयल निगमको डिजेल लोड गरेको ट्यांकर गायब, चालकहरु भन्छन्, ‘अपहरणमा परियो’

काठमाडौँ — नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको छ । आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको ढुवानीकर्ताले आयाल निगमलाई जानकारी गराएका छन् । 

ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर ‘अपहरण’मा परेको लिखित जानकारी निगमलाई मंगलबार बिहान १० बजे गराएका थिए। अपहरणकारीहरुले चालक रामदेव यादव र सह-चालक उमेश यादवलाई छाडेर ट्यांकरसँगै लगेको गुप्ताको दाबी छ।
उक्त ट्यांकर आइतबार राति लाहान पुगेको र विश्राम गर्नका लागि राजमार्गको हुलाक अफिस अगाडि पार्किङ गरिएकै स्थानबाट अज्ञात समूहले लगेका हुन्।

Order Now: 98510-87891

गुप्ताका अनुसार चालक र सहचालकहरुलाई ६ देखि ८ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले आँखामा पट्टी बाँधेर बर्दिवास र लालबन्दीको बीचमा पर्ने जंगलमा पुर्‌याएर छाडेको र ट्यांकर भने उनीहरुले आफैँसँग लगेका छन्।

आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले ढुवानीकर्ताले ट्यांकर गायब भएको कुरा निगमलाई जानकारी गराएको पुष्टि गरेका छन् । उनले घटनाबारे छानबिन गर्नका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको बताए ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.