Nepal's No. 1 Digital Newspaper

प्रकाशलाई श्रद्धाञ्जली दिन नेता कार्यकर्ता खुमलटारमा

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको आज दुई वर्ष पुगेको छ । २०७४ साल मङ्सिर ३ गते दाहालको हृदयघातबाट निधन भएको थियो ।

स्वर्गीय दाहाललाई स्मरण गर्न नेकपाका नेता तथा कार्यकर्ताहरु खुमलटारस्थित प्रचण्ड निवास खुमलटार पुगेर दाहालको फोटोमा माल्यार्पण गरेका हुन् । खुमलटार पुगेका नेता कार्यकर्ताहरुले स्वर्गीय प्रकाशलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना र सद्भाव दर्शाएका छन् ।

Order Now: 98510-87891

श्रद्धाञ्जली सभाका लागि औपचारिक कार्यक्रम भने नराखिएको प्रचण्डको सचिवालयले जनाएको छ । ‘कुनै औपचारिक कार्यक्रम राखिएको छैन । तर अनौपचारिक रुपमा फोटोमा माल्यार्पण गर्न तथा स्वर्गीय दाहाललाई स्मरण गर्न नेता कार्यकर्ता बिहानैबाट खुमलटार आउनुभएको छ,’ प्रचण्डका प्रेस संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।

Source:ratopati news

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.