प्रधानमन्त्रीले सिंहदरबारबाटै उद्घाटन गरे ६० मेगावाटको त्रिशूली थ्री ए
बिहान ११ बजे डिजिटल प्रविधि प्रयोग गरेर प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै नुवाकोटको किसपाङ गाउँपालिकामा रहेको ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत परियोजनाको उद्घाटन गरेका छन्।
परियोजना उद्घाटन समारोहमा भाग लिन ऊर्जामन्त्री वर्षमान पुन भने नुवाकोटको किसपाङ गाउँपालिका पुगेका थिए।। सो परियोजनाले आठ महिनाअघि नै विद्युत उत्पादन सुरू गरेको थियो।