Nepal's No. 1 Digital Newspaper

सोमबार प्रधानमन्त्री ओली र प्रचण्डको छलफलपछि मात्र मन्त्रीमण्डल विस्तारको टुंगो

प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल पुनर्गठनबारे गृहकार्य थालेका छन्।

आइतबार साँझ बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकमा पनि केही दिनमा मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेको उनले बताएका थिए। उनले सबै मन्त्रीलाई फेर्न लागेको नभई राम्रो ‘परफरमेन्स’ नभएका केहीलाई मात्रै हटाउन लागेको बताएको सचिवालयका एक सदस्यले बताए।

Order Now: 98510-87891

‘साह्रै कमजोर परफरमेन्स भएकालाई फेर्नैपर्ने भएको छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती सदस्यले सेतोपाटीसँग भने।

मन्त्रीमण्डल पुनर्गठनबारे केही दिनदेखि शीर्ष तहमा छलफल गरे पनि अहिलेसम्म टुंगो नलागेको प्रधानमन्त्री निकट स्रोतले बतायो।

‘छलफल अझै नसकिएकाले भोलीनै मन्त्रीमण्डलमा फेरबदल हुने टुंगो छैन,’ उनले भने, ‘सोमबार दिउँसो प्रचण्डसँग छलफल गरेपछि मात्र अन्तिम टुंगो लाग्छ।’

Source:setopati news


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.