
हाम्रो भूमि फिर्ता ल्याउँछौं, छिमेकीले सेना फिर्ता लैजाउन्: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि फिर्ता ल्याइछाड्ने बताएका छन्।
नेपालका भूमि कालकापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान पनि भारतलाई उनले आग्रह गरे।
‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन्,’ राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं। कतिपयले नक्सा सच्याउनुपर्यो भनेका छन् नक्सा सच्याउने मात्र होइन सरकारले हाम्रो भूमि फिर्ता ल्याउँछ।’
उनले संवादकै मार्फतबाट सीमा विवाद समाधान गर्न सरकार सक्षम रहेको बताए। ‘छिमेकीसँदग किनचित तनाव नहोस् भन्ने हामी चाहन्छौं,’ उनले भने, ‘अहिलेको सरकार संवाद गर्न नसक्ने छैन। राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ।’
Source:setopati news