नेकपा सचिवालय बैठक बस्दै
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय आज बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले सेतोपाटीलाई बताए।
शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक डाकेका हुन्। बैठकको तय भने शनिबार भइसकेको थियो।
आजको बैठकमा पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ।
नेकपामा प्रवास कमिटी अझै गठन भएको छैन भने केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता पाएका छैनन्।
Source:setopati news