Nepal's No. 1 Digital Newspaper

अमेरिकी डलरको मूल्य बढ्यो

२८ कात्तिक, काठमाडौं । अमेरिकी डलरको मूल्य एक रुपैयाँले बढेको छ । बुधबार एक डलर बराबर १ सय १४ रुपैयाँ ६४ पैसामा कारोबार भएकोमा बिहीबार १ सय १५ रुपैयाँ ६५ पैसा पुगेको छ ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।

Order Now: 98510-87891

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरुले औंल्याएका छन् । डलरको भाउ बढेलगत्तै विदेशी सामानहरू नेपालीका निम्ति महँगो हुन पुग्छन् ।

नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुनेगर्छ । तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्नसक्ने विज्ञहरु बताउँछन् ।

तर डलरको भाउ बढ्दा केही फाइदा पनि हुने गर्दछ । विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानीमा वृद्धि हुन्छ ।

अर्कोतर्फ वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई पनि यसले फाइदा पुग्ने हुन्छ । कैयौंले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.