Nepal's No. 1 Digital Newspaper

फेवातालमा बंगलादेशी राष्ट्रपति हमिदको डुंगा सयर

चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद भ्रमण दलका सदस्यसहित बिहीबार पोखरा पुगेका छन्।

पोखरा पुगी उनले फेवातालमा डुंगा सयरसमेत गरेका छन्। उनले आज पोखराका विभिन्न पुरातात्विक एवं सांस्कृतिक सम्पदाको अवलोकन गर्नेछन्।

Order Now: 98510-87891

मंगलबार काठमाडौं उत्रेका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका थिए।

उनी बुधबार राजनीतिक भेटघाटमा व्यस्त रहे। उनले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री  केपी शर्मा ओली,नेकपा अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले भेट गरे।

राष्ट्रपति भण्डारी उनको स्वागतको लागि रात्रिभोजको आयोजना गरिन्।

उनी शुक्रबार काठमाडौंको चन्द्रागिरी हिल्स जाने कार्यक्रम रहेको बताइएको छ।

उनी शुक्रबार नै स्वदेश फर्किनेछन्।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.