Nepal's No. 1 Digital Newspaper

शिल्पाको सर्वोच्चको रिट खारेज, पक्राउ गर्ने बाटो खुल्यो

काठमाडौँ | सर्वोच्च अदालतले बहुबिबाहको मुद्धामा आफूलाई पक्राउ नगर्न अभिनेत्री शिल्पा पोखरेलले हालेको रिट निवेदन खारेज गरेको छ। मंगलबार न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको इजलासले पोखरेलको रिट खारेज गर्ने निर्णय गरेको हो।

सिनेमा निर्माता छबि ओझा तथा अभिनेत्री पोखरेलविरूद्ध ओझाकी जेठी श्रीमती हेमा ओझाले बहुविवाह गरेको भन्दै उजुरी हालेकी थिइन। नायिका पोखरेलको निवेदन खारेज भएसँगै उनलाई पक्राउ गर्ने बाटो खुलेको छ। हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो।

Order Now: 98510-87891

जिल्ला अदालतले पुर्जी जारी गरेपछि नायिका पोखरेलले उच्च अदालतमा पक्राउ पुर्जी खारेज गर्न निवेदन दिएकी थिइन्।

गत २४ साउनमा उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि शिल्पालाई पक्राउ गर्ने बाटो खुलेको थियो।

सो आदेशविरूद्ध उनले गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन। त्यसपछि अदालतले भदौ १ गते पक्राउ नगर्न अन्तिम आदेश दिएको थियो।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.