बरिष्ठ हास्य कलाकार मदन किष्ण श्रेष्ठको मुख्य भुमिकामा चलचित्र “सनाखत” को शुभारम्भ
ए एन ईन्टरटेन्मेट को प्रस्तुतीमा रहेको कथानाक चलचित्र “सनाखत” एउटा सामाजिक वियोगान्त कथा हो । यस चलचित्रको कथा लेखन लक्ष्मन राजवंशी हुनुहुन्छ भने पटकथातथा सम्बाद आर्यम नकमिले लेख्नुस भएको छ । आर्यम नकमि यस चलचित्रका निर्माता तथा निर्देशक पनि हुनुहुन्छ । यो चलचित्र नेवार भाषा र नेपाली भाषामा पनि तयार गरिने छ । यस चलचित्रको मुख्य भुमिकामा नेपालका बरिष्ठ हास्य सम्राट “मह” को म यानी मदन किष्ण श्रेष्ठज्यू ले निभाउनु हुने छ । भने नारायण देबी प्रधान, राजाराम पौडेल, धिरो शाक्य, मदन दाश श्रेष्ठ, प्रकास श्रेष्ठ, मनीष श्रेष्ठ, सुनिता ठाकुर, अर्णेश्वरी सिल्पकार, रबिना शाक्य, कन्चन तुलाधर, प्रिती महर्जन, सुरेन्द्र तरलाधर, भोगेन्द्र मानन्धर, राजेन्द्रमान शाक्य, किरणकेन रन्जित, रबिन्द्र खडका, सबिन शाक्य, आदिको मुख्य भुमिका छन् ।
यस चलचित्रमा छायाङ्गन- दिपेन बस्नात निर्माता आर्यन नकमि, सपना शर्मा, गोपाल काजी कायश्त साथै यस चलचित्रमा विभिन्न देशमा बस्दै आउनु भएमा हाम्रा NRN साथीहरुको केही आर्थीक लगानी हुने छ । लन्डन साउथ वेश्ट मा बस्ने साथीहरुकोृ तर्फ बाट मषि कुममार श्रेष्ठ जी ले प्रतिनिधित्व गर्नु भएको छ भने USA बाट WNO (World Newa Organization) ले प्रतिनिधित्व गर्नुहने छ ।