Nepal's No. 1 Digital Newspaper

क्यान्सर पिडितलाई आर्थिक सहयोग

नारायण ओली, काठमाडौं दोलखा जिल्ला बिगु गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएकी ओम माया ओली केहि वर्ष देखि क्यान्सर रोगबाट पिडित भई अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेकी छिन । उहाँको साना–साना दुुई छोरी छन् । पारिवारीक आर्थिक स्थिती अतिनै कमजोर रहेकोले उहाँको उपचार खर्च र बाल बच्चाको पालन पोषण गर्न गारो भएको छ ।

Order Now: 98510-87891

विगत ७ वर्ष देखि गठन भएको ओली समन्य समिति दाजभाईहरुको भेटघाट, विपन्न परिवार, दैविक, प्राकृतिक प्रकोप मा परेकाहरुलाई थोरै भएपनि सहयोग गर्ने उदेश्यले हिरालाल ओलीको अध्यक्षतामा बनाएको समितीले ओम मायाँ ओली र बच्चाहरुको लागि केहि सहयोग जुटाउन हिरालाल ओलीकै संयोजकमा देउसी–भैलो आयोजना गयो । देउसी–भैलोबाट ९१ हजार पाँच सय ४० रुपैयाँ संकलन गरेको छन् र प्रदेश सांसद विशाल खड्काले आफ्नो ब्यक्तिगत १० हजार सहयोग गर्नु भएको छ । एकमुष्ठ एक लाख १ हजार पाँच सय ४० रुपौया प्रदेश सांसद विशाल खड्काबाट हस्तान्तरण गरिएको दोलखाली ओली समन्वय समाजका अध्यक्ष हिरालाल ओलीले जानकारी दिए ।

२०७२ सालमा गएको विनासकारी भुकम्पमा पनि दोलखा जिल्ला भरिका ओली परिवारलाई प्रति घर दई हजार रुपैया सहयोग गरेको र आगामी दिनहरुमा पनि यस्ता विपन्न परिवार, दैविक, प्राकृतिक विपतीमा परेकाहरुलाई सहयोग गर्ने प्रतिवद्धता समेत अध्यक्ष ओलीले गर्नुभएकोछ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.