Nepal's No. 1 Digital Newspaper

चोरी भएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई प्रहरीले बुझायो ।

काठमाण्डौं, २३ कार्तिक – महानगरीय प्रहरी वृत्त कमलपोखरीले वेवारिसे अवस्थामा फेला परेको मोटरसार्इकलका धनीको पहिचान गरि जिम्मा लगाएको छ । वृत्तले गत आश्विन २१ गते चावाहिल स्थित मैजुवहालमा पार्किङ गरी राखेको अवस्थामा मोटर साईकल फेला पारि सम्बन्धित धनिलाई बुझाएको हो ।

त्यसैगरि, कार्तिक ०३ गते राती अन्दाजी २१स्३० बजेको समयमा काजिकामनपा ०५ हाडिगाँउ स्थित रमाईलो चोकमा शंकास्पद रुपमा फेला परेको बा ९१ प १५७१ नं को मोटर साइकल पनि वृत्तले सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले शनिवार मोटरसाइकल धनि रोशन कुमार शाहलाई हस्तान्तरण गरे । शाहले आफ्नो हराएको मोटरसाईकल प्रहरीले फेला पारी फोन सम्पर्क गरी बोलाएर दिएकामा खुशी ब्यक्त गरे ।

Order Now: 98510-87891

सवारी साधन नियमित चेकजाँचको क्रममा अनुसन्धान गर्दै जाँदा उक्त बाईक चोरीको भएको पत्ता लागेको थियो । चोरीमा संलग्न व्यक्तिहरु फरार रहेकोले खोजतलास कार्य जारी रहेको वृत्त प्रमुख बिकले बताए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.