बंगलादेशलाई बिजुली बेच्ने सम्झौतामा इप्पानको स्वागत

२० असाेज, काठमाडौं । बंगलादेशसँग भएको विद्युत् बिक्री सम्झौता (पीएसए) लाई स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्वागत गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले यो सम्झौतालाई ऐतिहासिक सम्झौता भनेका छन् ।

१७ असोजमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता भएको थियो । यससँगै नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ ।

बंगलादेशसँग भएको यो सम्झौताले नेपालमा उत्पादित बिजुलीको बजार बंगलादेश लैजाने ढोका खुलेको इप्पानको भनाइ छ ।

यो सम्झौतले दुवै देशका निजी क्षेत्रबीच ऊर्जा विकास र विस्तारका लागि सहकार्य, साझेदारी र लगानी आदानप्रदान गर्ने बाटो खुलेको इप्पानले जनाएको छ ।

बंगलादेश सरकारले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट आयात गर्ने लक्ष्य राखेको छ भने नेपाल सरकारले आगामी १० वर्षभित्र ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ ।

उक्त लक्ष्य कार्यान्वयन गर्न नेपालको निजी क्षेत्र सधैं तयार रहेको इप्पानले जनाएको छ । यो लक्ष्य कार्यान्वयन हुन सके यसले नेपाल र बंगलादेशबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्र उकास्न योगदान पुग्ने विश्वास इप्पानको छ ।

यो सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकिराखेको विद्युत् खरिद सम्झौता (पीपीए) को पूर्ण रुपमा खुल्ला हुनुपर्ने इप्पानको तर्क छ ।

निजी क्षेत्रलाई विद्युत् निर्यातका लागि अनुमतिपत्र दिने, बैंक तथा वित्तिय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियत घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्या समाधानका लागि सरकार तत्पर हुनुपर्ने इप्पानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारत र बंगलादेशमा लक्ष्य अनुसारको निर्यातका लागि तत्काल नीतिगत र प्रक्रियागत सुधार गर्न इप्पानले सरकारसँग आग्रह पनि गरेको छ ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10000 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours