Nepal's No. 1 Digital Newspaper

इनर्जी इफिसेन्सीको क्षेत्रमा काम गर्न कुलमानको आग्रह

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘इनर्जी ईफिसेन्सी’ को क्षेत्रमा काम गर्न सरोकारवाला सबै निकायलाई आग्रह गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले विद्युतको माग र आपूर्तिलाई सहज ढंगले अघि बढाउन प्राधिकरणले इनर्जी इफिसेन्सीमा जोड दिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक हुनेगरी पूर्वाधारको विकास गर्न बैंकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको पनि ध्यानाकर्षण गराए । आईतबार ललितपुरमा आयोजित सरोकारवाला निकायहरुसँगको छलफलमा भाग लिँदै उनले निजी क्षेत्रले पनि इनर्जी इफिसेन्सीको क्षेत्रमा नेपाल विद्युत प्राधिकरणसँग मिलेर काम गर्नुपर्ने प्रस्ताव पनि अघि सारे ।

Order Now: 98510-87891

प्राधिकरणले विद्युतको माग र आपूर्तिलाई सहज बनाउन इनर्जी इफिसेन्सीको क्षेत्रमा काम गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले ३ वर्ष भित्र देशभर विद्युत पु¥याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई साकार पार्न पनि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र प्राधिकरणबीच मिलेर काम गर्नुपर्ने अवस्था आएको पनि बताए ।  उनले बैकल्पिक उर्जामा दिइने अनुदान व्यक्तिगत भन्दा समुदायमा दिन उपयुक्त हुने सुझाव पनि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई दिए ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.