Nepal's No. 1 Digital Newspaper

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः ४ जनाको मृत्यु, १५ जनाको उद्दार

काठमाडौँ । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । यस्तै १५ जनाको उद्दार गरेर एम्बुलुन्समार्फत अस्पताल पठाइएको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । 
अहिले पनि घटनास्थलमा उद्दार कार्य जारी रहेको छ भने दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढ्न सक्ने देखिएको छ । 

दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हो । 

Order Now: 98510-87891

स्थानीयले  बस सुनकोसी नदीमा खसेको जनाएका छन् । अहिले घटनास्थलमा प्रहरीसहित स्थानीयले उद्दारकार्य जारी राखेका छन् । 

बस सडकबाट करिब सय मिटर तल खसेकाे छ । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.