Nepal's No. 1 Digital Newspaper

डीएसपी शाहीमाथि छानबिन गर्न दुई समिति

१७ कात्तिक, काठमाडौं । विवादमा तानिएका इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी)हेमबहादुर शाहीमाथि छानबिन समिति गठन गरिएको छ ।

प्रदेश ५ प्रहरी कार्यालय र प्रहरी हेडक्वाटरले शाहीमाथि छानबिन गर्न दुई अलग-अलग समिति गठन गरेका हुन् ।

Order Now: 98510-87891

प्रदेश ५ प्रहरी कार्यालयले प्रहरी बरिष्ट उपरीक्षक एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

प्रहरी हेडक्वाटरले पनि एसएसपी उमेश जोशीको नेतृतवमा अर्को समिति गठन गर्ने तयारी गरेको छ । स्रोतका अनुसार समितिमा एकजना एसपी र एक जना डीएसपी पनि रहनेछन् ।

डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.