Nepal's No. 1 Digital Newspaper

न्यायाधीश पाण्डेको एकल इजलासमा महराको बयान शुरु

काठमाडौँ– बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ ।

शुक्रबार काठमाडौँको बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख महराको बयान सुरु भएको हो ।

Order Now: 98510-87891

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाडौँले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अहिले जिल्ला अदालत काठमाडौँमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान सुरु भएको छ ।

बयान सकिएपछि थुनछेक बहस शुरु हुनेछ । त्यसपछि मात्र महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ ।#कृष्णबहादुर महरा#krishna bahadur mahara

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.