Nepal's No. 1 Digital Newspaper

‘क्षमताभन्दा बढी यात्रु बोक्दा साँखु बस दुर्घटना’ मृतकको अझै पहिचान हुन सकेन

१५ कात्तिक, काठमाडौं । साँखुमा बिहीबार भएको बस दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु बोक्नु भएको प्रहरीले जनाएको छ ।

तीन जनाको मृत्यु र ६५ जना घाइते हुनेगरी भएको दुर्घटनाको कारण ओभरलोड भएको निष्कर्ष प्रहरीले निकालेको हो ।

Order Now: 98510-87891

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘बसमा जम्मा २५ जना जति अटाउने क्षमता रहेछ । तर, ७० जना बढी राखेको भेटियो ।’

त्यसैले बस अनियन्त्रित भएको देखिएको उनले बताए । उनका अनुसार आमा ह्यल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा भएकामध्ये ३० जना उपचारपछि घर फर्किएका छन् भने अझै ३५ जनाको उपचार जारी छ ।

घटनामा मृत्यु हुनेको भने सनाखत भइसकेको छैन ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.