Nepal's No. 1 Digital Newspaper

वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

४ कात्तिक, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता सीपी गजुरेलले पार्टीले र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय लिएको जानकारी गराए ।

Order Now: 98510-87891

नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नामको मोर्चा संगठन बनाएर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको थियो ।

पहिले भाग लिइसकेको निर्वाचन अहिले किन बहिस्कार गर्ने भन्ने प्रश्नमा नेता गजुरेलले भने ‘निर्वाचनलाई पार्टीले रणनीति नभई कार्यनीति मान्दछ । कार्यनीति अन्तर्गत कहिले भाग लिने कहिले नलिने हुन्छ ।’

नेता गजुरेलले आफूहरुले अहिलेको संविधान, सरकार र व्यवस्थाकै विकल्प खोजेको बताए ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.